...

Thursday, February 23, 2017

डोजर काण्ड भाइरल, केहि रमाइला पोस्टहरु

केहिदिन देखि सामाजिक संजालमा ‘डोजर’ ट्रेनड चलिरहेको  छ ।
फेसबुकमा  डोजरको जोक्स र रमाईला ट्रोलले भरिएको छ । कतिपयले यसलाई ‘डोजर काण्ड’ भन्ने नाम दिएका छन् ।
मानिसहरु अचम्ममा परेका छन् र  यो बारेमा  के-हो धेरैलाई थाहाँ छैन ।
देशमा बेरोजगारको संख्या धेरै रहेको र डोजरले बाटोघाटो खनेको ठाउँमा पनि दिनभरी मानिसहरु जम्मा भएर हेरेर बसिदिने हुदा कसैले यसैलाई जोक्स-ट्रोल बनाएर फेसबुकमा हालेर भाइरल बनाईदिएका हुन्।
बुझे अनुसार केहिदिन अघि राजधानीको कुनै ठाउमा डोजरले खनिरहेको हेर्न मानिसहरुको  भिड लागेको थियो यसैलाई देखेर कसैले रमाईलोको लागी फेसबुकमा राख्दिदा यसले डोजर काण्डको रुपमा चर्चा पाएको हो।

२०५१ सालमा स्व. प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा आएको बिकाश योजना  ‘आफ्नो गाउँ आफै बनाउ’  अन्तर्गत गाउँगाउमा बाँटो खन्न भिरपाखामा डोजर उक्लिन्थ्यो ।
त्यतिबेला धेरैजसो स्कुल पढ्न छोडेर अनि बिदाको दिनमा दिनभरी डोजरले बाँटो खनेको हेरर बस्थे ।कतिपयले त्यो बेलाको रमाइलो क्षणलाई अहिले सम्झेका छन्। डोजर काण्ड लाई लिएर बनेका जोक्स-ट्रोलहरु यस्ता छन्
– कुन चाहिले मेरो डोजर छ भनेर लाइदिएछ एकैचोटि पाचसय जना केटिको फ्रेन्ड रिक्वेस्ट आयो
– म अमेरिका गएभने यहाँ डोजर खनेको कसले हेर्छ ?
– डोजरले खनेको हेर्न नगएर यहाँ के-काम गरेर बसिरको होला ?
केटा :- आई लभ यु केटी:- सरी !
केटा:- म डोजर चलाउछु ।
केटी:- अघीनै भन्नु पर्दैन त लाटा  



स्रोत : palpalko.com/

No comments:

Post a Comment

Popular Posts