कुन देशको ‘पासपोर्ट’ सबैभन्दा शक्तिशाली ? नेपालको कति ?
एजेन्सी । विश्वको सबैभन्दा शक्तिशाली ‘पासपोर्ट’ सिंगापुरको बनेको छ ।विश्व वित्तीय सल्लाहकार कम्पनि आर्टोन क्यापिटलले जारी गरेको ‘ग्लोबल पासपोर्ट पावर र्यांक–२०१७’मा पहिलो नम्बरमा सिंगापुर पर्न सफल भएपछि विश्व कै सबैभन्दा शक्तिशाली ‘पासपोर्ट’ सिंगापुरको बनेको हो ।
र्यांकमा सिंगापुरपछि जर्मनी दोस्रो र तेस्रो नम्बरमा स्वीडेन र दक्षिण कोरियाको ‘पासपोर्ट’ शक्तिशाली मानिएको छ ।त्यस्तै संसारमा सबैभन्दा कम शक्तिशालि ‘पासपोर्ट’ अन्तिम ९४ नम्बरमा क्रमश अफगानिस्तान, पाकिस्तान र इराक रहेका छन् । विश्वभर १९९ देशहरुलाई ९४ नम्बरसम्म र्यांकिङमा राखिएको छ । कुनैपनि देशका नागरिकले अन्य देशमा जानको लागि ‘पासपोर्ट’मा दिइने प्रवेशआज्ञाको सेवा, शर्त, र निशुल्क प्रवेशआज्ञाको आधारमा उक्त र्यांकिङ गरिएको छ ।
No comments:
Post a Comment